राफसाफ भइसकेका विषयमा पुनः प्रश्न उठाउँदा निजी क्षेत्र निरुत्साहित हुन्छ, लेखापरीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनुपर्यो : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण, निर्यात विस्तार तथा विदेशी लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन अपरिहार्य रहेको बताएका छन्। उनले सार्वजनिक निकायहरू निजी क्षेत्रमैत्री हुनुपर्नेमा समेत जोड दिएका छन्।