सिमलतालमा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक बिहान ७ बजे आज बिहान पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयका अनुसार पहिरो खसेपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन्। पहिरो हटाउन सडक डिभिजनको उपकरण तथा प्राविधिक टोली तत्काल परिचालन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार