एभरेष्ट बैंकको नाफा ४.७५ प्रतिशतले बढ्दा, वितरणयोग्य नाफा ५.२५ अर्ब नाघ्यो
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश वित्तीय सूचकमा सकारात्मक सुधार गरेको छ। खुद नाफा, निक्षेप, कर्जा तथा कुल सम्पत्तिमा वृद्धि भएको छ भने आधार दर (बेस रेट) घट्दा ऋणीलाई राहत मिल्ने संकेत देखिएको छ।