आर्थिक सुधार कार्यान्वयनबारे २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा बैंकिङ क्षेत्रको भूमिका, वित्तीय प्रणालीको वर्तमान अवस्था तथा अर्थतन्त्रलाई थप चलायमान बनाउने उपायबारे विस्तृत छलफल हुने जनाइएको छ।