युनाइटेड अजोडबाट तीन महिनामै बाहिरिए सीईओ भट्टराई
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराई जिम्मेवारीबाट बाहिरिएका छन् । नियुक्त भएको तीन महिनामै उनले पदबाट राजीनामा दिएका हुन् । कम्पनी स्रोतका अनुसार भट्टराईले सञ्चालक समितिसमक्ष बुझाएको राजीनामापत्र सोमबार नै बसेको समिति बैठकबाट स्वीकृत भैसकेको छ। भट्टराई गत वैशाख १० गते कम्पनीको सीईओमा नियुक्त भएका थिए।