तीन ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डको कारवाही,सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर
काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरण वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर गर्दै तीन वटा धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई कारबाही गरेको छ। बोर्डले तीन कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ आर्थिक जरिवाना गराउने निर्णय गरेको हो।