मल अभावले किसान भारतीय जेलमा पुग्दा पनि सरकार मौन बस्नु बिडम्बनापूर्णः काँग्रेस
काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रासायनिक मल खरिद गर्न भारत गएका बेला पक्राउ परेका दुई नेपाली किसानको यथाशीघ्र रिहाइका लागि पहल गर्न सरकारसँग माग गरेको छ । महामन्त्री प्रदीप पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै ती किसानको रिहाइका लागि कूटनीतिक र कानुनी पहल गर्न माग गरेका हुन् ।