नेपोभिटले सार्वजनिक गर्यो अल्ट्रा प्रिमियम ‘हिमालय’ टायल्स कलेक्सन
काठमाडौं : नेपालको पहिलो टायल उत्पादक कम्पनी नेपोभिट टायल्सले अल्ट्रा प्रिमियम टायल्स कलेक्सन ‘नेपोभिट हिमालय’ सार्वजनिक गरेको छ। आधुनिक वास्तुकला र इन्टेरियर डिजाइनलाई लक्षित गरी ल्याइएको उक्त कलेक्सनमा १८ फरक डिजाइनका टायल्स समावेश छन्।नेपालको हिमालय पर्वत शृङ्खलाको प्राकृतिक सौन्दर्य र भव्यताबाट प्रेरित यस कलेक्सनलाई ‘द आर्ट अफ द मोनुमेन्टल’ अवधारणामा तयार गरिएको कम्पनीले जनाएको छ।