SHARE
Samata Press · बुधबार १० मंिर २०८३ ०८:५७ PM · 1 मिनेट पढाइ

संरक्षणविहीन बालबालिकाको वर्गीकृत तथ्यांक संकलन गर्दै सरकार 

काठमाडौँ। बाबुआमाको संरक्षणमा नरहेका तथा वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको वास्तविक अवस्था पहिचान गरी उनीहरूको संरक्षण र सुरक्षालाई प्रभावकारी बनाउन तथ्याङ्क सङ्कलन गरिने भएको छ। बाल स्याहार केन्द्रमा रहेका बालबालिकाको तथ्याङ्क उपलब्ध भए पनि त्यस्ता केन्द्रबाहिर रहेका हजारौँ बालबालिकाको अवस्था र उनीहरूले प्राप्त गरिरहेको हेरचाहबारे राज्यसँग पर्याप्त जानकारी छैन। राष्ट्रिय तथ्याङ्क कार्यालय र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले आज आयोजना गरेको बालबालिका र वैकल्पिक हेरचाहसम्बन्धी क्रियाकलापको अन्तर्राष्ट्रिय वर्गीकरण विषयक अन्तरक्रियामा अन्तर्राष्ट्रिय मान्यताअनुसार बालबालिकाको वर्गीकरण र तथ्याङ्क सङ्कलन गरिने जानकारी दिइएको हो। कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले हरेक बालबालिकाले जहाँ रहे पनि बालमैत्री वातावरणमा हुर्कन पाउनुपर्ने बताइन्। “सुरक्षित र पारिवारिक वातावरणमा हुर्कन पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो। यसको संरक्षण गर्नु केवल मानवीय संवेदना मात्र होइन”, मन्त्री वादीले भनिन्, “यो न्यायपूर्ण, समानतामूलक र समृद्ध समाज निर्माणको अनिवार्य आधारशिला हो।