चिया बिक्री नभएपछि झाडीमा परिणत हुँदै
धनकुटा । कुनै समय धनकुटाको पाख्रीबास नगरपालिका ४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा चियाका हरिया बोट लहलह देखिन्यो । त्यसक्षेत्रका किसानले चियाबाटै आफ्नो भविष्य बदल्ने सपना देखेका थिए । अन्य बाली छाडेर चियाखेतीमा लागेका किसानले यसैबाट राम्रो आम्दानी हुने आशा गरेका थिए । तर, अहिले ती चियाका बोट किसानको बेवास्तामा परेको पाइएको छ । बजारमा बिक्री नभएपछि किसानले बगानबाट चिया टिप्नै छाडेका छन् । वर्षौंदेखि गोडमेल र छाँटकाँटविहीन बनेका चिया बगान अहिले झाँडीमा परिणत भएका छन् । विसं २०५५ देखि २०७२ सम्म चियाखेती विस्तार गरेका राम्चेका किसान गोविन्दबहादुर थापाले अन्य बालीभन्दा चियाबाट राम्रो आम्दानी हुने आशामा चियाखेती लगाएका थियो । तर, समय बित्दै जाँदा उनले सोचेअनुसार चियाको मूल्य र बजार पाउन सकेनन् । उत्पादन बिक्री नभएपछि खेतीमा गरेको लगानीसमेत उठाउन नसकिएको उनको गुनासो छ ।'चिया बिक्री नभएपछि बगानको गोडमेल र छँटाइ गर्नसमेत छाडेका छौँ', उनले भने,'मजदुर लगाएर काम गराउँदा झन खर्च बढ्छ ।