महान्यायाधिवक्ता कँडेलको तर्क, ‘दानबहादुर कार्कीले मुद्दा हाल्नुको साटो लड्डु बाँड्नुपर्ने हो
काठमाण्डु- महान्यायाधिवक्ता नारायणदत्त कँडेलले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट नहटाइएको तर्क गरेका छन् । उनले कार्कीलाई उक्त पदबाट हटाइएको नभएर प्रधानमन्त्रीको कार्यालयमा थप महत्त्वपूर्ण जिम्मेवारी दिइएको जिकिर गरेका छन्। बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा कार्कीले दायर गरेको रिटमाथि सुनुवाइका क्रममा सरकारकोतर्फबाट बहस गर्दै उनले यस्तो जिकिर गरेका हुन्।