मारमा काठमाडौँका घरधनी, भाडा घटाएरै भएपनि भाडावाल टिकाईराख्नु पर्ने बाध्यता
केही वर्ष अघिसम्म काठमाडौँमा व्यवसाय गर्नेहरुलाई घरधनीले अनेकौँ झन्झट र सास्ती दिँदै आएको गुनासो ब्यापक आउँथ्यो । अचाक्ली धरौटी लिने गरेको, ६ महिनासम्मको भाडा अग्रिम रुपमा माग गर्ने गरेको जस्ता गुनासाहरु धेरै सुनिन्थे । उद्योग वाणिज्य संघहरु, निश्चित क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीका संगठनहरु र स्थानीय तहका अधिकारीहरु बसेर यस्ता विवाद सुल्झाउँथे।