हिउँदमा हिन्दुकुश हिमालय क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने
काठमाडौं : यस वर्षको हिउँदमा नेपालसहित हिन्दुकुश हिमालयका धेरै भूभागमा सामान्यभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ। आइसिमोड, बेइजिङ नर्मल युनिभर्सिटी र चिनियाँ विज्ञान एकेडेमीको वायुमण्डलीय भौतिक संस्थाले संयुक्त रूपमा तयार पारेको ‘एचकेएच विन्टर आउटलुक २०२६’ मा अफगानिस्तान, बंगलादेश, उत्तरी म्यानमार र नेपालमा सामान्यभन्दा बढी वर्षा हुने उल्लेख छ।प्रतिवेदनले क्षेत्रीय भिन्नता पनि देखाएको छ।