SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

आइजीपी केसी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगनबीच भेटवार्ता

काठमाडौं : प्रहरी महानिरीक्षक (आइजीपी) डा. मनोज कुमार केसी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा विपद्‍बाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायप्रति अमेरिकी सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यवाहक राजदूत बोल्डिनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिक तथा अन्य पीडितहरूको खोजी, उद्धार र पहिचानमा नेपाल प्रहरीले पुर्‍याएको योगदानको प्रशंसा गरेकी थिइन्।