SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

१०औं राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ विभागीय टोली पुलिसको फराकिलो जीत

काठमाडौं : १० औं राष्ट्रिय खेलकुद प्रतियोगीताअन्तर्गत महिला क्रिकेटतर्फ मंगलबार भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सानदार जीत निकालेको छ। वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेपाल पुलिस क्लबले एक विकेटको क्षतिमा १९७ रनको विशाल स्कोर बनाएको थियो। जवाफी ब्याटिङ गरेको लुम्बिनी १५.४ ओभरमा अलआउट हुँदै ३९ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका लागि ओपनर श्रुती बुढाथोकीले सर्वाधिक १५ रन बनाइन्।