नेपालीका बैंक खाता प्रयोग गरेर भारत पठाइन्थ्यो ठगीको रकम, गिरोहका चारजना पक्राउ
विराटनगर : अनलाइन ठगीबाट प्राप्त रकम ओसारपसार गर्न नेपाली नागरिकका बैंक खाता र डिजिटल वालेट प्रयोग गर्ने संगठित गिरोहको मोरङ प्रहरीले पर्दाफास गरेको छ । ठगीको रकम संकलन गरी विभिन्न तहका व्यक्तिमार्फत् भारत पुर्याउने गिरोहका दुई भारतीयसहित चारजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको बिहारका २६ वर्षीय ताहिर हुसेन र ३६ वर्षीय मोहमद सावुदिन तथा विराटनगरका ३१ वर्षीय जफर आलम र २३ वर्षीय फैयाज खान छन् ।