उत्तरी गोरखामा एकाबिहानै चलेको हावाहुरीले विद्यालय र घरका छाना उडायो
गोरखा : मंगलबार एकाबिहानै चलेको तीव्र हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लास्थित विद्यालय तथा स्थानीयका घर–गोठका छाना उडाएको छ । बिहान करिब २–३ बजेदेखि चलेको हावाहुरीले सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको शिक्षिका सपना गुरुङले जानकारी दिइन् ।हावाहुरीले विद्यालय भवनको जस्तापाता उडाएर लगेको छ । यसका साथै, गाउँका केही कच्ची घर तथा गोठका छानासमेत उडाएको स्थानीय शिक्षिका गुरुङले बताइन् ।