डडेल्धुराको प्रसिद्ध उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मेला आज
डडेल्धुरा : 'देउमाडौँका दाईन दमाउ वणाल भोक्कर, मेरो माया साँची राखै हजारी टोक्कर' नामक लोकप्रिय गीतबाट प्रख्यात डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा लाग्ने परम्परागत मेला अर्थात् ‘देहिजाँत’ सोमबार) देखि सुरु भएकाे छ। अमरगढी नगरपालिका–८ मा अवस्थित यस मन्दिरमा सोमबार राति सुरु हुने मेला मंगलबार बेलुका मात्र सम्पन्न हुनेछ।महागौरी, दुर्गा र कालीको स्वरूपका रूपमा उग्रतारा भगवतीको पूजाआराधना गर्ने परम्परा छ।