SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

आर्थिक साझेदारीमा नयाँ अध्याय, ओझेलमा राष्ट्रिय मुद्दा

नयाँ दिल्ली/ काठमाडौं : विगतका अधिकांश सरकार प्रमुखले पहिलो विदेश भ्रमणका लागि भारत नै रोज्थे। प्रधानमन्त्री वालेन्द्र शाहले पनि छिमेकी मुलुक भारतबाटै औपचारिक भ्रमण सुरु गरे। प्रधानमन्त्रीले भारतबाट कूटनीतिक सन्तुलन कायम गर्ने संकेत दिएका छन्।भ्रमणपछि जारी भएको २४ बुँदे संयुक्त विज्ञप्ति र ‘जोइन्ट भिजन डकुमेन्ट’ले विगतका तिक्तता र विवादित मुद्दाहरूलाई तत्कालका लागि थाती राख्दै आर्थिक, पूर्वाधार र प्रविधि साझेदारीलाई केन्द्रमा राखेर नयाँ कूटनीतिक यात्रा सुरु भएको देखिन्छ।