SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

कार्कीको रिटको पेसी भोलि

काठमाडौं :  सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनलाई प्राथमिकता दिँदै बुधबार पेसी तोकेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिटको विषयवस्तुको प्रकृति र संवेदनशीलतालाई विचार गर्दै शीघ्र निर्णय गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै मंसिर ९ गतेका लागि पेसी तोक्न आदेश दिएको हो।