इतिहासकै लामो कोप–३१ सम्झौताविहीन
काठमाडौं : संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) निर्धारित समयभन्दा दुई दिनपछि धकेलिएर टर्कीको अन्ताल्यामा कुनै औपचारिक सम्झौताबिना सकिएको छ। जीवाश्म इन्धन र जलवायु वित्तका विषयमा करिब २०० देशबीच गहिरो मतभेद देखिएपछि वार्तामा सहमति जुट्न नसकेको हो।नोभेम्बर ९ देखि टर्कीको अन्ताल्यामा सुरु भएको सम्मेलन नोभेम्बर २० मा सकिने तालिका भए तापनि २२ तारिखमा मात्र समापन भयो। थप ४० घण्टाभन्दा लामो समयसम्म चलेको वार्तामा पनि ठोस निष्कर्ष निस्कन सकेन।