आफ्नै आवश्यकताअनुसार एआई विकास गर्न देशहरूलाई राष्ट्रसङ्घको सुझाव
काठमाडौँ ; संयुक्त राष्ट्रसंघीय वैज्ञानिक प्यानलले देशहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा क्षमता विकास गर्न अत्याधुनिक एआई मोडेलमै निर्भर हुन आवश्यक नरहेको जनाएको छ ।संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक एआई प्यानलले सार्वजनिक गरेको प्रतिवेदनमा देशहरूले विद्यमान एआई प्रणाली प्रयोग गर्न, खुला मोडेललाई परिमार्जन गर्न वा आफ्नै आवश्यकता अनुसार नयाँ मोडेल विकास गर्न सक्ने उल्लेख गरेको छ ।