लिबियामा युक्रेनी ड्रोन आक्रमण : रुसी युद्धपोत डुबेको जेलेन्स्कीको दाबी
काठमाडौँ : लिबियाको बेन्गाजीस्थित बन्दरगाहमा युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोत डुबेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।आइतबार बिहान इन्धन तथा आवश्यक सामग्री भरेर रुस फर्किने तयारीमा रहेको रुसी युद्धपोतमा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।जेलेन्स्कीका अनुसार आक्रमणमा रुसी नौसेनाको कोर्भेट युद्धपोत ‘मर्क्युरी’ डुबेको छ । उक्त आक्रमणका लागि सातवटा नौसैनिक ड्रोन प्रयोग गरिएको उनले बताएका छन् ।