भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने भन्नुभएको छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेको जानकारी गराएका छन्।प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणका बारेमा ब्रिफिङ गर्दै भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए।प्रधानमन्त्री शाहले मोदीसँगको भेटवार्ताका क्रममा नेपालको औपचारिक भ्रमणको निम्तो दिएका थिए।