SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उद्घाटन, डिजलसंगै पेट्रोल र मट्टीतेल पाइपबाटै

सिमरा : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गत निर्माण भएको दोस्रो चरणको परियोजनाको सोमबार उद्घाटन गरिएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्तरूपमा परियोजनाको डिजिटल उद्घाटन गरेका हुन्।दुई देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट परियोजनाको उद्घाटन गरेलगत्तै बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा पनि शिलालेख अनावरण गरिएको छ।