SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री शाह, मोदीलाई दिए धन्यवाद

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन्। नेपाल एयरलायन्सको विमानबाट उनी सोमबार साँझ काठमाडौं आइपुगेका हुन्।प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरे। शुक्रबार दिउँसो दिल्ली गएका प्रधानमन्त्री बालेनले करिब २५ घन्टा भारतमा रहेका थिए। त्यस क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।