SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सेनाको टोली नेपालमा

काठमाडौं : नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि भारतीय सेनाको टोली नेपाल आइपुगेको छ। मंसिर ९ गतेदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा हुने संयुक्त सैन्य अभ्यासका लागि सोमबार भारतीय सैनिक टोली नेपाल आइपुगेको हो।भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टका अधिकारीहरूले नेपाली सेनाको ज्वालादल गणका सैनिक अधिकारीहरूसँग संयुक्त सैन्य अभ्यास गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ।