SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

नवनिर्मित प्रदेश रंगशाला प्रदेश सरकारलाई हस्तान्तरण

वीरेन्द्रनगर : लामो समयदेखि निर्माण सम्पन्न भएर पनि औपचारिक हस्तान्तरण हुन नसकेको कर्णाली प्रदेशको गौरवको आयोजना प्रदेश रंगशाला अन्ततः प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको आधुनिक प्रदेश रंगशाला सोमबार हस्तान्तरण गरिएको हो। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य खेलस्थलका रूपमा रहेको रंगशाला निर्माण सम्पन्न भएको लामो समयसम्म विभिन्न प्राविधिक तथा प्रशासनिक प्रक्रियाका कारण हस्तान्तरण हुन सकेको थिएन।