धुलिखेलमा ‘हेजे पिओनी गार्डेन’ शुभारम्भ, नेपाल–चीन मैत्री सम्बन्ध थप प्रगाढ हुने विश्वास
काभ्रे : काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–देवीस्थान क्षेत्रमा नेपाल–चीन मैत्री सम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गर्न लागिएको ‘हेजे पिओनी गार्डेन’ (Heze Peony Garden) को विशेष समारोहबीच शुभारम्भ गरिएको छ।चीनको शान्दोङ प्रान्तस्थित हेज सहरबाट सहयोगस्वरूप प्राप्त विभिन्न प्रजातिका पिओनी फूलका बिरुवा रोपेर उद्यानको शुभारम्भ गरिएको हो।