SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

चितवनको राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा आउने

काठमाडौं : द पोस्टकार्ड होटलले नोभेम्बर २०२६ मा द पोस्टकार्ड अन द राप्ती रिभर, चितवन संचालनमा ल्याउँदै नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ। राप्ती नदीको सुन्दर घुम्तीमा अवस्थित यस होटलबाट वरपरका जंगल र पहाडहरूको सुन्दर दृश्य देख्न सकिन्छ। २२ वटा फराकिला कोठा तथा सुइट रहेको यो लक्जरी रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको छ।