SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु

काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ।सोमबार बिहान ९ः३० बजे घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योन्जन जिपको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए। ढोकाको लक समातेर बसेको अवस्थामा अचानक लक खुल्दा उनी सडकमा खसेका हुन्।