SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

द्विपक्षीय भेटमा बालेन र मोदीबीच के भयो कुराकानी?

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा विस्तृत छलफल भएको छ।नयाँ दिल्लीमा आयोजित द्विपक्षीय भेटका क्रममा उनीहरूबीच विविध विषयमा छलफल भएको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार द्विपक्षीय भेटमा व्यापार, लगानी, पूर्वाधार, विकास साझेदारी, सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको थियो।