अयोध्या–जनकपुर रेल सेवाले दुई देशको सम्बन्ध थप बलियो हुन्छ : योगी आदित्यनाथ
जनकपुरधाम : भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा उद्घाटन गर्ने अयोध्या–जनकपुर रेल सेवाले दुई देशको सम्बन्ध थप बलियो हुने बताएका छन् ।योगी आदित्यनाथले अयोध्या र मिथिलाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अयोध्या–जनकपुरधाम रेल सेवाले थप टेवा पुर्याउने बताएका हुन् ।