SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

ताँजाकोटको विकास र रानीसैन हुँदै तिब्बत जोड्ने सडकलाई प्राथमिकता दिन्छु : मुख्यमन्त्री शाही

हुम्ला : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले हुम्लाको ताँजाकोट गाउँपालिकाको विकास, पर्यटन प्रवर्द्धन तथा सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताएका छन्। ताँजाकोट गाउँपालिकामा आयोजित ‘गाउँपालिका अध्यक्ष शैक्षिक गुणस्तर तथा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली करिडोरदेखि ताँजाकोट जोड्ने सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने प्रक्रिया अघि बढाउने बताए।