SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

बालेनमा स्पष्ट दृष्टिकोण र प्रतिबद्धता देखेको छु : मोदी

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दृष्टिकोण र प्रतिबद्धताको प्रशंसा गरेका छन्। उनले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका विषयमा बालेनको स्पष्ट दृष्टिकोण रहेको बताएका हुन्।प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले केही महिनाअघि विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा शाहले संयुक्त राष्ट्रसङ्घमा गरेको सम्बोधनले उनको दृष्टिकोणको झलक देखाएको बताए।