SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

भुलभुलैयामा दलित अधिकार

नेपालको संविधान जारी भएको एक दशक पूरा भएसँगै संशोधनको बहसले औपचारिक प्रवेश पाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले २०८२ चैतमा गठित कार्यदललाई संशोधनका विषय पहिचान गर्ने र राष्ट्रिय सहमति जुटाउने जिम्मेवारी दिएको थियो।तर, दलहरूका आआफ्नै अडानका कारण यो प्रक्रिया सुरुमै विवादित बन्यो। राजनीतिक असमझदारीकै बीच कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रतिवेदन पेस गरिसकेको छ।