SHARE
Kalo Pati · सोमबार ८ मंिर २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान, मोदीले गरे न्यानो स्वागत

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उनलाई उक्त राजकीय सम्मान दिइएको हो। गार्ड अफ अनर अघि राष्ट्रपति भवन परिसरमा भारतीय समकक्षी मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए।