मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशक पदमा आवेदन खुला
काठमाडौं : मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक गरी कुल ९ वटा नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।