SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ १०:०० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र  भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेनले आज सवा ११ बजे मोदीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।उनीहरूबीच करिब एक घण्टा भेटवार्ता हुने बताइएको छ। त्यसलगत्तै दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। द्विपक्षीय वार्तासँगै नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका छ।