SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टनको रजिस्ट्रेसन खुला

काठमाडौं : अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको १०औं संस्करणको रजिस्ट्रेसन खुला गरिएको छ। आगामी पुस १ देखि ४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुन लागेको प्रतियोगिताको आइतबारबाट रजिस्ट्रेसन खुला गरिएको हो। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले अन्नपूर्ण मिडिया नेटवर्कको सुपर एप ‘सम्पूर्ण’मार्फत अनलाइन रजिस्ट्रेसन गर्न सक्ने छन्। रजिस्ट्रेसन मंसिर २७ गते साँझ ५ बजेसम्म खुला रहने छ।