SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

नेपाल–भारतबीच गाँठो फुकाउने अवसर

प्रधानमन्त्री बनेलगत्तै भारत भ्रमणमा दौडने परम्पराविपरीत वालेन्द्र शाह पदासीन भएको ८ महिनापछि विदेश भ्रमणमा निस्किए।धैर्यपूर्वक गरिएको विदेश भ्रमण तयारीपूर्वकसमेत भए, नभएको यसका उपलब्धिले देखाउने नै छन्।आजैका दिन सम्पन्न हुने भ्रमणले लामो समयपछिसम्म परिणाम र असरसमेत आउनेछन्।स्वयं भारतले हाम्रा प्रधानमन्त्रीलाई हिजो आइतबार दिएको स्वागत, सत्कार र आतिथ्यबाट यो भ्रमणको महत्व झल्काएको छ।प्रधानमन्त्री शाहले आइतबारै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे।