SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

१३ पालिकाले गरे पहल,अब पुल बनाउने जिम्मा संघीय सरकारको : गगन थापा

धादिङ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धादिङको पुल समस्या तत्काल समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। बाढीपहिरोबाट प्रभावित धादिङ, नुवाकोट र रसुवाको स्थलगत निरीक्षणका क्रममा धादिङ आइपुगेका थापाले स्थानीय सरकारले पहल गरिसकेकाले अब बेलिब्रिज जडान र स्थायी पुल निर्माणको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने बताएका हुन्।