SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ ०४:२४ PM · 1 मिनेट पढाइ

नेपाली सेनाका सहायकरथी मनोज थापा उपरथीमा बढुवा

काठमाण्डु – नेपाली सेनाका सहायकरथी मनोज थापा उपरथीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । उपरथी अनुपजंग थापा रथीमा बढुवा भएपछि रिक्त रहेको पदमा मनोज थापाको बढुवा भएको हो । थापा यसअघि नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयमा निर्देशकका रूपमा कार्यरत थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी