SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

भारतको आसाममा रेल दुर्घटना, ५० जना घाइते

काठमाडौं : भारतको आसाममा रेल दुर्घटना हुँदा ५० जना घाइते भएका छन्।  इन्जिनसहित रेलका पाँच वटा डिब्बा लिकबाट खसेर दुर्घटना भएको हो।  बुधबार बिहान कामरूप जिल्लास्थित डिगारु रेलवे स्टेसनमा कोलकाता–सैराङ एक्सप्रेस दुर्घटनामा परेको हो। पूर्वोत्तर सीमा रेलवे (एनएफआर)का अनुसार बुधबार बिहान ६ बजेर ५४ मिनेटमा रेललाई अर्को लिकमा लैजाने क्रममा दुर्घटना भएको हो।