गोरखामा ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते, २ को अवस्था गम्भीर
काठमाडौं : गोरखाको सिरानचोक गाउँपालिका–२, सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट खस्दा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।बुधबार बिहान ११ः३० बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी कच्ची सडकको छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भई सडकबाट करिब ४० मिटर तल खसेको हो। दुर्घटनामा परेर ट्याक्सी चालकसहित पाँचै जना घाइते भएका हुन्।