SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

आतङ्कवादी हमलाको षड्यन्त्र रचेको अभियोगमा अमेरिकाले इरानको समर्थन प्राप्त ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अमेरिका र युरोपका विभिन्न स्थानमा आतङ्कवादी हमलाको षड्यन्त्र रचेको अभियोगमा अमेरिकी न्याय मन्त्रालयले इरानको समर्थन प्राप्त तीन जना व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको छ।सार्वजनिक आरोपपत्र अनुसार अभियोग लगाइएकाहरूमा इरानी नागरिक मोहसिन मोहाजेरी, इराकी नागरिक मोहम्मद अली अल-हसानी र दुवै देशको नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल-सादी रहेका छन्।