घरायसी विवादमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।बुधबार बिहान ८ः३० बजे त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले घरायसी विवादका कारण ३२ वर्षीया श्रीमती सपना राना मगरमाथि कुटपिट गरेका थिए। कुटपिटका कारण सपनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक र नियन्त्रणमा रहेका श्रीमान्को स्थायी घर स्याङ्जाको चापाकोट गाउँपालिका–६ हो।