SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सुरु भयो भाइटीकाको शुभ साइत, आज दिनभर लगाउन छैन कुनै बाधा

काठमाडौं : यस वर्षको तिहार अर्थात् भाइटीकाको शुभसाइत सुरु भएको छ। भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११:०७ बजेको अभिजित् मुहूर्तको समय निर्धारण गरेको थियो।कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।