SHARE
अन्नपूर्ण · मङगलबार २५ कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

भाइटीकाका भ्रम र भित्री कुरा

यमपञ्चकका पाँच दिन : कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्लद्वितीयासम्मको पर्व विशेष यमपञ्चक वा तिहार मानिन्छ। यी पाँचै दिनमा यमराजलाई सायङ्कालमा घरको दक्षिणपट्टि दक्षिण फर्काएर नयाँ दियोमा यमदीपदान गरिन्छ। मृत्युका अधिष्ठाता र धर्मपापको निर्णय पनि गर्ने भएकाले यमराजलाई भ्रातृद्वितीयाका दिन विशेष पूजा गरिन्छ भने दीपदान भने पाँच दिन नै गर्नुपर्छ।