SHARE
अन्नपूर्ण · सोमबार २४ कात्िक २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

तिहार अवधिभर कस्तो रहला मौसम ?

काठमाडौं : आगामी केही दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।सोमबार राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।